मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्वोच्च अदालतको फैसला सम्बन्धी कानुनी संवाद कार्यक्रम सम्पन्न

9.1K
SHARES
सर्वोच्च अदालतको फैसला सम्बन्धी कानुनी संवाद कार्यक्रम सम्पन्न

ओखलढुंगा (खिजीफलाटे) । खिजीदेम्बा गाउँपालिका र सुनुवार सेवा समाजको संयुक्त आयोजनामा खिजीदेम्बा गाउँपालिका–१, डाँडागाउँमा आदिवासी जनजाति मानवाधिकार बारे सर्वोच्च अदालतको निर्देशनात्मक आदेश सम्बन्धी कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्युुञित् बू कल्याण कोषको उपाध्यक्ष सुरेश सुनुवारको अध्यक्षतामा मंगलबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष (कार्यवहाक) कल्पना भुजेल रहनु भएको थियो भने वडा सदस्य अर्जुनकुमार श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य मानबहादुर महतरा, वडा नं. ३ का अध्यक्ष टंकराज सुनुवार, माओवादी केन्द्रका वडा सदस्य बुद्धिबहादुर सुनुवार तथा वडा सचिव उपेन्द्र दासलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुमा निर्मल सुनुवारले स्वागत मन्तव्य राखेका थिए भने सुनुवार सेवा समाजका सल्लाहकार रणवीर सुनुवारले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सर्वोच्च अदालतको फैसला सम्बन्धी कानुनी सम्वाद तथा परामर्श सत्र सञ्चालन गरिएको थियो, जसमा लाहुरर्निपका सचिव भीम राईले विशेष कानुनी प्रस्तुति दिएका थिए ।

स्थानीय गन्यमान्य व्यक्तित्वहरू, समाजसेवी तथा नागरिकको समेत उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नागरिकलाई कानुनी साक्षरताको सन्देश दिइएको आयोजकले जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २८, मंगलवार १४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP