मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर आज बदली रहने, केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

1.8K
SHARES
देशभर आज बदली रहने, केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार भारी वर्षाका कारण पहिरो, बाढी तथा पानीको बहाव बढ्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने बताइएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका केही स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP