मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुग्लिन–नारायणगढ सडक फेरी अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

3.1K
SHARES
मुग्लिन–नारायणगढ सडक फेरी अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

काठमाडौं । मंगलबार साँझ तुइनखोला पुल नजिकै ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस घटनापछि चितवन जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ ।

सडक खुल्ने तत्काल सम्भावना न्यून रहेको भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यात्रामा सतर्कता अपनाउन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “जोखिम मोलेर यात्रा नगर्नुहोस् । ज्यान सुरक्षित राखौँ, यात्रा पछि गरौँ । बाटो खुल्ने आशामा बस्दा हैरानी पर्न सक्छ ।”

यात्रुहरूले बर्दिवास (महोत्तरी), हेटौँडा (मकवानपुर), बुटवल (रुपन्देही), कावासोती र गैँडाकोट (नवलपरासी बर्दघाट सुस्तापूर्व), नौबिसे (धादिङ) तथा खैरेनीटार (तनहुँ) हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने जनाइएको छ ।

चितवन प्रशासनका अनुसार सडक खुलाउने प्रयास जारी छ भने बाटो सञ्चालनयोग्य भएपछि पुनः जानकारी दिइने छ ।

सडक स्थितिबारे थप जानकारी आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००), वा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार १५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP