मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते

1.9K
SHARES
माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

बा.५ ख ५० नम्बरको बस माछापोखरी बाइपासस्थित उकालो चोकमा पल्टिएको हो । स्थानीयका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा बस असन्तुलित भई सडकमै पल्टिएको बताइएको छ ।

घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP