मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं प्रहरी नेतृत्वमा व्यापक हेरफेर, थापा नयाँ प्रमुख

1.6K
SHARES
काठमाडौं प्रहरी नेतृत्वमा व्यापक हेरफेर, थापा नयाँ प्रमुख

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वमा ठूलो फेरबदल भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई काठमाडौंको प्रमुखको जिम्मेवारी दिइएको छ ।

गृहमन्त्रीको बिहीबारको निर्णयअनुसार थापा अब काठमाडौं परिसरको नेतृत्व सम्हाल्ने छन् । यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

जेन–जी आन्दोलनमा २३ गते भएको अत्यधिक बल प्रयोगपछि प्रहरीमाथि चर्को आलोचना भइरहेका बेला एसएसपी, एसपी र डीएसपी तहका अधिकृतहरू व्यापक रूपमै हेरफेर गरिएका हुन् ।

थापा यसअघि उदयपुर र कास्कीमा प्रहरी प्रमुखका रूपमा काम गरिसकेका अनुभवी अधिकृत हुन् । उनी आफ्नो ब्याचका पहिलो नम्बरका एसएसपीसमेत हुन् ।

यसअघि बुधबार नै काठमाडौँ परिसरका एसपी अपीलराज बोहरा र कुलदीप चन्दलाई अन्यत्र पठाइएको थियो । उनीहरूको स्थानमा एसपी पवन भट्टराईलाई ल्याइएको छ ।

यस्तै, डीएसपी सुन्दर तिवारी पनि सरुवा भएका छन् भने काठमाडौंका झण्डै आधा वृत्त प्रमुख परिवर्तन गरिएका छन् । परिसरका अन्य केही डीएसपीहरूको सरुवा प्रक्रिया पनि अघि बढिरहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार १५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP