मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस नेताहरूको असन्तुष्टिः “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार”

1.1K
SHARES
कांग्रेस नेताहरूको असन्तुष्टिः “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार”

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति नेताहरूले कडा आपत्ति जनाएका छन् ।

आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा नेताहरूले अभिव्यक्ति स्वतन्त्रता खोस्ने खालको सरकारी कदमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल छलफल आवश्यक रहेको निष्कर्ष निकाले ।

सहमहामन्त्री जीवन परियारका अनुसार बैठकले सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारसँग आधिकारिक छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी पर्यटनमन्त्री बद्री पाण्डे भने चीनमा रहँदा निर्णय भएकाले तत्काल धारणा दिन नसकेको जनाइएको छ । अन्य मन्त्रीहरुसँग परामर्श गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी बैठकमा भएको एक नेताले बताए ।

सरकारले सूचीकृत हुन गरेको आह्वान नटेरेका सामाजिक सञ्जाललाई भदौ १९ गतेदेखि बन्द गर्ने घोषणा गरेको थियो । तर कांग्रेस नेताहरूले यस्तो निर्णयमा आपत्ति जनाउँदै प्रश्न उठाएका छन् ।

बैठकमा महामन्त्री गगन थापा, नेताहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादवलगायतले विचार राखेका थिए । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने कदमलाई पार्टीले स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP