मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेइजिङमा विजय दिवस परेडमा सैन्य शक्ति प्रदर्शन: सी, पुटिन र किमको ऐतिहासिक उपस्थिति

1.8K
SHARES
बेइजिङमा विजय दिवस परेडमा सैन्य शक्ति प्रदर्शन: सी, पुटिन र किमको ऐतिहासिक उपस्थिति

काठमाडौं । चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेडको विशेष अवसरमा चीनले आफ्नो सैन्य शक्ति भव्य रूपमा प्रदर्शन गरेको छ । परेडको क्रममा आधुनिक हतियार, मिसाइल प्रणाली, सैनिक वाहिनीलगायत अत्याधुनिक प्रविधिहरूको प्रदर्शनी गरिएको छ ।

प्रमुख नेताहरूको उपस्थितिले परेड थप विशिष्ट
कार्यक्रममा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्वका विभिन्न देशका उच्चपदस्थ नेताहरूको उपस्थिति रहेको छ । बीबीसीका अनुसार, परेडमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरू सहभागी भएका छन्, जसले कार्यक्रममा अन्तर्राष्ट्रिय महत्व थपिदिएको छ ।

सी, पुटिन र किमको पहिलो सार्वजनिक भेट
परेड सुरु हुनु अघि राष्ट्रपति सी चिनफिङ, राष्ट्रपति पुटिन र नेता किम जोङ उन एकैसाथ सार्वजनिक रूपमा देखिएका छन् । यो ऐतिहासिक दृश्यलाई विश्लेषकहरूले उच्च महत्वका साथ हेरिरहेका छन्, किनकि यी तीन नेताहरू यसअघि कहिल्यै पनि एउटै कार्यक्रममा एकैचोटि सार्वजनिक रूपमा देखिएका थिएनन् ।

यो परेड केवल चीनको सैन्य क्षमताको प्रदर्शन मात्र नभई राजनीतिक सन्देशको रूपमा पनि हेरिएको छ, जहाँ विश्वका ठूला शक्ति राष्ट्रका नेताहरूको सहभागिताले अन्तर्राष्ट्रिय सम्बन्ध र शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ०२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP