मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्री मारिए

1.7K
SHARES
इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्री मारिए

काठमाडौं । यमनमा इजरायलले गरेको हवाई आक्रमणमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनमा यो घटनाले ठूलो प्रभाव पारेको छ । हुथी समूहले नै रहावीको मृत्यु भएको पुष्टि गर्दै गाजा युद्ध सुरु भएयता वरिष्ठ नेताको यो पहिलो मृत्यु भएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आइडीएफ) ले राजधानी सानामा भेला भएका हुथी नेतामाथि आक्रमण गर्दा रहावी सहित अन्य वरिष्ठ अधिकारी पनि मारिएको दाबी गरेको छ । इरान समर्थित हुथी विद्रोहीले आक्रमणमा विदेश, न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रम मन्त्रीको पनि मृत्यु भएको बताएका छन् ।

सन् २०१४ यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई हटाउँदै उत्तर–पश्चिमी यमनको ठूलो भूभाग नियन्त्रणमा लिएका थिए । रहावीले गत अगस्टदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको स्थान सम्हाल्ने बताइएको छ ।

युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या
युक्रेनको पश्चिमी सहर लिभिभमा पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परुबियको गोली हानी हत्या गरिएको छ । ५४ वर्षीय परुबियमाथि एक शंकास्पद व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीले पुष्टि गरेको छ ।

गोली प्रहारपछि हत्यारा फरार भएको र परुबियमाथि धेरैपटक गोली चलाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १६, सोमबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP