मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको निर्देशनः गुटबन्दी छाडेर संगठन विस्तारमा लाग्न आग्रह

1.1K
SHARES
प्रचण्डको निर्देशनः गुटबन्दी छाडेर संगठन विस्तारमा लाग्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्तालाई गुटबन्दी र उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा जुट्न आग्रह गरेका छन् ।

बुधबार भर्चुअल माध्यमबाट बसेको कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले माओवादीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षड्यन्त्रहरू भइरहेको दाबी गरे । “माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरू आतंकित भएका छन्, त्यसैले पार्टीभित्र द्वन्द्व भित्र्याउने प्रयास भइरहेको छ,” प्रचण्डले भने ।

उनका अनुसार स्थायी समितिले गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गरी संगठनलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प गरिसकेको छ । प्रदेशका कार्यकर्तालाई पनि यही मार्गदर्शनअनुसार अगाडि बढ्न उनले निर्देशन दिए ।

पछिल्ला स्थानीय तहदेखि स्ववियु, पत्रकार महासंघ र नेपाल पर्वतारोहण संघसम्मका निर्वाचनमा माओवादी निकट उम्मेदवारको जितलाई जनविश्वास फर्कँदै गएको प्रमाणका रूपमा लिनुपर्ने प्रचण्डको भनाइ छ । उनले भने, “कांग्रेस र एमाले मिल्दा समेत माओवादी निकट उम्मेदवारहरू जितेका छन्, यसले जनताको विश्वास पुनः हासिल भइरहेको देखाउँछ ।”

शिक्षा विधेयकलगायतका राष्ट्रिय मुद्दामा माओवादीले लिएको अडानले शिक्षक समुदायलगायत विभिन्न क्षेत्रमा सकारात्मक सन्देश पुगेको दाबी गर्दै उनले लाखौँ शिक्षकले माओवादीलाई समर्थन देखाएको उल्लेख गरे ।

प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन र जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल भइरहेको बताउँदै घर–घर, टोल–टोलमा संगठन विस्तारलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए ।

उनले अन्त्यमा कर्णाली प्रदेशका नेता–कार्यकर्तालाई पार्टी एकता, अनुशासन र संगठन विस्तारमा अग्रसर रहन निर्देशन दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP