मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही–३ उपनिर्वाचनः २६ दललाई निर्वाचन चिन्ह तोकियो

1.5K
SHARES
रुपन्देही–३ उपनिर्वाचनः २६ दललाई निर्वाचन चिन्ह तोकियो

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले सहभागी २६ राजनीतिक दललाई निर्वाचन चिन्ह उपलब्ध गराएको छ । आयोगले शनिबार राजपत्रमा सूचना प्रकाशित गर्दै दर्ता भएका दललाई संविधान र प्रचलित कानुनअनुसार चिन्ह तोकेको हो ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता र चिन्ह तोक्ने प्रक्रिया पूरा गरेको जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) अनुसार दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

सूचना अनुसार, प्रमुख दलहरूमध्ये नेकपा (एमाले)ले सूर्य, नेपाली कांग्रेसले रुख, नेकपा (माओवादी केन्द्र)ले गोलाकारभित्र हँसिया–हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हलो, जनमत पार्टीले लाउडस्पिकर, र एकीकृत समाजवादीले कलम पाएका छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालका लागि नेपाली पार्टीलाई गोलाकारभित्र शङ्ख, राष्ट्रिय मुक्ति आन्दोलनलाई षट्कोण, जनता समाजवादी पार्टी (जसपा)लाई गोलाकारभित्र मुठ्ठी तोकिएको छ ।

यसबाहेक, जनप्रजातान्त्रिक पार्टी नेपाललाई गैँडा, नेपाल जनमुक्ति पार्टीलाई घर, हाम्रो नेपाली पार्टीलाई लौरो र बहुजन शक्ति पार्टीलाई जग प्रदान गरिएको आयोगले जनाएको छ । बाँकी दलले पनि आ–आफ्नो निर्वाचन चिन्ह पाइसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP