मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले एकता र सद्भाव बलियो बनाओस्: प्रधानमन्त्री

2K
SHARES
तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले एकता र सद्भाव बलियो बनाओस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै यी पर्वहरूले नेपाली समाजमा आपसी एकता, शान्ति र सद्भाव थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन् ।

आज जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति हार्दिक शुभेच्छा प्रकट गर्दै सबैको जीवनमा सुख, शान्ति र समुन्नति प्राप्त होस् भन्ने कामना गरेकी हुन् ।

उनले नेपालका विविध सांस्कृतिक पर्वहरूले राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भनिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउँदै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP