मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लिपुलेक–कालापानी सम्झौताप्रति माओवादीको चासोः सरकारको स्पष्ट धारणा माग

2.2K
SHARES
लिपुलेक–कालापानी सम्झौताप्रति माओवादीको चासोः सरकारको स्पष्ट धारणा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भारत र चीनबीच लिपुलेक र कालापानीसम्बन्धी भनिएको सम्झौताप्रति सरकारको आधिकारिक प्रतिक्रिया सदनमा दिनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक वक्तव्य दिने क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकी मुलुकबीच भएको सम्झौताले नेपालका लागि चिन्ता र दुःख उत्पन्न गरेको बताए । उनले भने, ‘सरकारले नेपालको भूभागमाथि उठेका दाबीविरुद्ध के कदम चाल्दैछ भन्ने स्पष्ट जानकारी सदनलाई तत्काल दिनुपर्छ ।’

पाण्डेले राष्ट्रियता र सार्वभौमिकताको संवेदनशील विषयमा सरकार मौन रहन नसक्ने दाबी गर्दै, ‘देशको अखण्डता र सार्वभौमिकताको सवालमा ढिलाइ हुन हुँदैन,’ पनि उल्लेख गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP