मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राज्य व्यवस्था समितिको सभापति चयन चाँडो गर्न सभामुखले गरे दलहरूलाई आग्रह

2K
SHARES
राज्य व्यवस्था समितिको सभापति चयन चाँडो गर्न सभामुखले गरे दलहरूलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया छिटो अघि बढाउन संसदीय दलहरूलाई आग्रह गरेका छन् ।

संसद् भवन परिसरमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले समितिको सभापति चयनमा चासो व्यक्त गर्दै सम्बन्धित दलहरूलाई वातावरण तयार पार्न आग्रह गरे ।

प्रतिनिधिसभा नियमावली अनुसार, कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्था छ । यसैअनुरूप, सभामुख घिमिरेले दलहरूलाई समयसीमा भित्र पदपूर्ति गर्न आग्रह गरेका हुन् ।

संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा देखिएको गडबडीमाथि प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०९:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP