मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुंगा सुरुङमार्ग पार गर्न ६० देखि ६०० रुपैयाँसम्म शुल्क

2.3K
SHARES
नागढुंगा सुरुङमार्ग पार गर्न ६० देखि ६०० रुपैयाँसम्म शुल्क

काठमाडौं । सरकारले नागढुंगा–दहचोक सुरुङमार्ग प्रयोगका लागि सवारीसाधनअनुसार दस्तुर निर्धारण गरेको छ । नेपालकै पहिलो सुरुङमार्गको रूपमा लिइएको यस परियोजनाको शुल्क दर मन्त्रिपरिषद्को बैठकले तोकेको हो ।

निर्णय अनुसार कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा रु ६५, बाहिरिँदा रु ६०, मिनी बस तथा ट्रकका लागि प्रवेश गर्दा रु ११५, बाहिरिँदा रु ८०, बस तथा ठूला ट्रकले प्रवेश गर्दा रु २६०, बाहिरिँदा रु २०० र भारी उपकरण बोकेको सवारीसाधनले प्रवेश गर्दा रु ६००, बाहिरिँदा रु २५० शुल्क तिर्नुपर्नेछ ।

यस निर्णयसँगै सुरुङमार्गको प्रयोग गर्दा यातायात समय घट्ने र आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP