मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्रीको निर्देशन

1.9K
SHARES
उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्रीको निर्देशन

काठमाडौं । भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढी र पहिरोमा नेपाली नागरिक पनि बेपत्ता भएको जानकारी सार्वजनिक भएपछि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको छ ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै घटनाले आफूलाई गहिरो पीडा दिएको बताएकी छन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ,’ मन्त्री राणाले लेखेकी छन्, ‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ ।’

उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गर्दै बेपत्ता नेपालीको खोजी तथा उद्धार कार्यमा तदारूकता देखाउन निर्देशन दिएकी छन् ।

मन्त्री राणाले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडाको घडीमा रहेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP