मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही ३ मा उपनिर्वाचनः निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

1.7K
SHARES
रुपन्देही ३ मा उपनिर्वाचनः निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै दल दर्ताको प्रक्रिया साउन २१ गतेदेखि २७ गतेसम्म खुला रहने जानकारी गराएको हो । इच्छुक दलहरूले आयोगको केन्द्रीय कार्यालयमा सो अवधिमा आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।

यसअघि आयोगले उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ । कार्यतालिका अनुसार, उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन साँझ प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिनेछ ।

असोज २४ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सञ्चालन हुनेछ ।

यस्तै, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीबाट दलहरूको बन्दसूचीमा समावेश व्यक्तिहरूलाई यस उपनिर्वाचनमा उम्मेदवार बन्न अनुमति नहुने आयोगले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP