मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको शुभकामनाः “जीवन खीरजस्तै मिठासपूर्ण होस्”

2.6K
SHARES
प्रधानमन्त्री ओलीको शुभकामनाः “जीवन खीरजस्तै मिठासपूर्ण होस्”

काठमाडौं । साउन १५ को पारम्परिक पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई खीरजस्तै मिठासपूर्ण जीवनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले साउन १५ को सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिबारे पनि प्रकाश पारेका छन् ।

“आज साउन १५, खीर खाने परम्परागत पर्व,” ओलीले लेखेका छन्, “हाम्रा पूर्वजहरूले रोपाइँ सकेपछि यो पर्व मनाउन सुरु गरेका थिए, जसको गहिरो सम्बन्ध पुरानो पशुपालन संस्कृतिसँग पनि छ ।”

शुभकामना सन्देशमा ओलीले साउन १५ लाई नेपाली समाजको सामूहिकता, सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा चित्रण गरेका छन् । “जसरी खीर मिठासपूर्ण परिकार हो, त्यसरी नै यो पर्वले नेपाली समाजमा संस्कृति र सौहार्दता मिसाउँछ,” उनले लेखेका छन् ।

सन्देशको अन्त्यमा उनले सबै नेपालीको जीवनमा मिठास र समृद्धिको कामना गर्दै भनेका छन्, “शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार ०५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP