मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसियन कप : जोर्डन सेमिफाइनलमा

2.1K
SHARES
एसियन कप : जोर्डन सेमिफाइनलमा

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । 

आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो । खेलको ५३ औँ मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो । 

मउसा अल–तमारीले ६६ औँ मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो ।बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दै छ ।



अगुल्टो समाचारदाता   
  • २०८० माघ २४, बुधबार ०५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP