मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विवाहेत्तर सम्बन्धको जटिलताः प्रेमिकासँग होटल गएका युवकको रहस्यमय मृत्यु, एक युवती पक्राउ

1.5K
SHARES
विवाहेत्तर सम्बन्धको जटिलताः प्रेमिकासँग होटल गएका युवकको रहस्यमय मृत्यु, एक युवती पक्राउ

जनकपुरधाम । जनकपुरधामको जिरोमाइलस्थित एक होटलमा बसेका विवाहित पुरुषको रहस्यमय मृत्यु भएपछि प्रेम सम्बन्धमा रहेको एक युवती प्रहरी फन्दामा परेकी छिन् ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको ‘एसपी एण्ड गेष्ट हाउस’ को कोठा नं= १०२ मा महोत्तरीको पर्सा गाउँपालिका–१ का ३२ वर्षीय विमलेश यादव -शनी_ र बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झा सँगै बसेका थिए ।

होटलको सीसीटीभी फुटेज अनुसार आइतबार बिहान करिब २M५७ बजे यादव नग्न र रगताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको दृश्य देखिन्छ । केही समयपछि जुली झा उनलाई छाडेर भागेको देखिन्छ ।

गम्भीर घाइते अवस्थामा भेटिएका यादव बोल्न सक्ने अवस्थामा थिए र प्रहरी पुग्दासम्म आफ्नै खुट्टाले एम्बुलेन्स चढेका थिए । तर जनकपुरको प्रादेशिक अस्पतालमा बिहान ७M४५ बजे उपचारका क्रममा उनको मृत्यु भयो ।

घटनापछि फरार भएकी झालाई आइतबार दिउँसो महोत्तरीको परौल क्षेत्रमा लुकेर भाग्न खोजिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सोमबार धनुषा प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक ग/\यो ।

अनुसन्धानमा यादव र झाबीच विगत तीन वर्षदेखि विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ । यादव विवाहित थिए र दुई सन्तानका पिता थिए । दुवै पक्षका परिवारले दुई वर्षअघि सम्बन्ध तोड्न प्रहरीमार्फत उजुरी दिएका थिए र त्यसपछि लेखिएको सहमतिपछि उनीहरूले सम्पर्क बन्द गरेका थिए । तर विदेशमा रहँदा समेत यादवले झासँग सम्पर्क जारी राखेका थिए ।

परिवारका अनुसार कतार बसाइका क्रममा यादवले झालाई करिब २७ लाख रुपैयाँ पठाएका थिए । पछिल्लो समय आर्थिक लेनदेनलाई लिएर झगडा चर्किएको देखिन्छ । प्रहरी स्रोतका अनुसार ब्ल्याकमेलिङ, सम्बन्ध विच्छेद र पैसा फिर्ताका विषयले हत्या योजनाबद्ध हुन सक्ने संकेत छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP