मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरको बजेटस् २५ अर्ब ७६ करोड रुपैयाँ

2K
SHARES
काठमाडौं महानगरको बजेटस् २५ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलले नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठकमा आइतबार उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

उपमेयर डंगोलका अनुसार, संचित कोषबाट व्ययभार हुने रकम २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको छ भने अन्य बाह्य स्रोतबाट व्ययभार पर्ने अनुमानित रकम ६५ करोड रुपैयाँ रहेको छ । यसरी प्रस्तुत बजेटले सामाजिक, भौतिक पूर्वाधार, वातावरणीय संरक्षण, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिजस्ता प्राथमिक क्षेत्रहरूमा विशेष ध्यान दिएको बताइएको छ ।

डंगोलले भनिन्, ‘हामीले बजेट निर्माण गर्दा समावेशिता, दिगोपन र सेवा प्रभावकारितालाई केन्द्रमा राखेका छौँ । महानगरका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने परियोजनाहरूमा लगानी बढाइनेछ ।’

महानगरले आगामी वर्ष शिक्षा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, सडक मर्मत तथा सार्वजनिक शौचालय विस्तार, फोहर व्यवस्थापनमा सुधार तथा हरित क्षेत्र प्रवर्द्धनमा प्राथमिकता दिएको छ । यस्तै, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू र सीपमूलक कार्यक्रमलाई समेत बजेटमा समावेश गरिएको छ ।

नगर सभामा छलफलपछि बजेटमा आवश्यक संशोधन वा परिमार्जन गरिने र त्यसपछि कार्यान्वयनमा लगिने डंगोलले स्पष्ट पारिन् । उनका अनुसार पारदर्शिता र जनउत्तरदायित्वसहित कार्यान्वयन हुने गरी बजेट योजना बनाइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २९, आईतवार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP