मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा प्रकरणबारे असन्तुष्टि, रास्वपा–राप्रपाको बैठक बहिष्कार जारी

2.2K
SHARES
भिजिट भिसा प्रकरणबारे असन्तुष्टि, रास्वपा–राप्रपाको बैठक बहिष्कार जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएका दुई दलले मंगलबारको बैठकमा पनि सहभागिता जनाएनन् ।

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि रास्वपाले त्यसप्रति अस्वीकार जनाउँदै आएको छ ।

रास्वपाले केवल भिसा प्रकरणमै नभई संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा देखिएको प्रक्रिया त्रुटिको पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २४, मंगलवार ०८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP