मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसियन कप छनोटः नेपाल आज श्रीलंकासँग खेल्दै

2.6K
SHARES
एसियन कप छनोटः नेपाल आज श्रीलंकासँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप फुटबलको छनोट चरणमा नेपाली राष्ट्रिय टोलीले आज दोस्रो खेल खेल्दैछ । समूह ‘एफ’ अन्तर्गतको यो प्रतिस्पर्धामा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

उज्बेकिस्तानको मैदानमा साँझ ६ः१५ बजे सुरु हुने यो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लाओसलाई ९–० ले हराउँदै उच्च मनोबल बनाएको नेपाली टोली आजको खेल जित्दै एसियन कप नजिक पुग्ने लक्ष्यमा छ ।

त्यस्तै, श्रीलंकाले आफ्नो पहिलो खेलमा आयोजक उज्बेकिस्तानसँग १०—० को लज्जास्पद हार व्यहोरेको थियो । त्यसैले उनीहरू पहिलो जित निकाल्न लागि खेल्नेछन् ।

नेपाल र श्रीलंकाबीच यसअघि ८ पटक भिडन्त भएको छ, जसमा सबै खेल नेपालले जितेको इतिहास छ । त्यसैले नेपालले आज पनि विजयको परम्परा कायम राख्न चाहन्छ ।

समूह विजेता बन्न सके, नेपालले सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान पाउनेछ ।

हालको छनोट चरणमा एशियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ । अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । कुल १२ टोली अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP