मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको शानदार प्रदर्शन, इन्डोनेशिया ३७० रनले पराजित

3.1K
SHARES
नेपालको शानदार प्रदर्शन, इन्डोनेशिया ३७० रनले पराजित

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इन्डोनेशियालाई एकतर्फी मुकाबलामा ३७० रनले पराजित गरेको हो ।

पहिलो ब्याटिङमा नेपालले निर्धारित ४० ओभरमै ५ विकेट गुमाउँदै ४२१ रनको विशाल स्कोर बनायो । नेपालका ओपनर प्रसिद्ध जैशीले १३२ रनको शतकीय इनिङ्स खेले । त्यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रनको महत्वपूर्ण योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेशियाको पारी टिक्न सकेन । नेपालले २४.३ ओभरमै विपक्षी टोलीलाई ५० रनमा समेट्यो । बलिङतर्फ नेपालका लागि विपिन शर्माले जबरजस्त प्रदर्शन गर्दै ७.३ ओभरमा मात्र १२ रन खर्चेर ६ विकेट झारे ।

नेपाल अब प्रतियोगिताको सेमिफाइनलतर्फ बलियो स्थितिमा पुगेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १५, आईतवार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP