मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ का लागि आवेदन खुला

2.7K
SHARES
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ का लागि आवेदन खुला

काठमाडौं । सगरमाथा म्युजिक अवार्डको सातौं संस्करण २०८२ मा आयोजना गरिने भएको छ । अवार्डको आयोजनाका लागि आवेदन खुला भएको अर्थ नेपाल प्रालिले जनाएको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने यस अवार्डमा २०८१ सालको वैशाखदेखि चैतसम्म बजारमा सार्वजनिक भएका गीत–संगीतले भाग लिन सक्ने संयोजक मनोज थापाले जानकारी दिए ।

यसअघि सगरमाथा म्युजिक अवार्डका ६ संस्करणहरू भव्य रूपमा सम्पन्न भइसकेका छन् । सातौं संस्करणमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र आधुनिक विधासहित विभिन्न विधामा देशभरका स्रष्टा, कलाकारहरूले सहभागिता जनाउन सक्नेछन् ।

अवार्ड कार्यक्रममा नेपाली गीत–संगीतमा दीर्घ योगदान दिएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै, कला क्षेत्रलाई समर्पित रहेर कलम चलाउँदै आएका पत्रकारहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

अवार्ड अन्तर्गत एकजना अग्रज रंग पत्रकारलाई नगद राशिसहित ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिने छ ।

सगरमाथा म्युजिक अवार्डमा भाग लिन चाहने इच्छुक कलाकारहरूले आवेदन फारम अवार्डको आधिकारिक वेबसाइटबाट भर्न सक्ने व्यवस्था गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार ११:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP