मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सको पोल्टामा

2.4K
SHARES
मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सको पोल्टामा

वीरगञ्ज । वीरगञ्जमा सम्पन्न मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि वीरगञ्ज बासर्सले जितेको छ । बुधबार राति आर्दशनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन–११ लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

पहिले ब्याटिङ गरेको टाइटन–११ ले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको बासर्सले ७.३ ओभरमै चार विकेटको क्षतिमा ७८ रन जोड्दै सहज जित हात पारेको हो ।

विजेता टिमलाई नगद रु २ लाख ५१ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता टाइटन–११ ले नगद रु २ लाख र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपाधि विजेता र उपविजेता टोलीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार वितरण गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १५, बिहीबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP