मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीमा जागिर छाड्नेको लर्को, एकै वर्षमा ७९२ ले दिए राजीनामा

2.3K
SHARES
प्रहरीमा जागिर छाड्नेको लर्को, एकै वर्षमा ७९२ ले दिए राजीनामा

काठमाडौं । एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो । प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजीनामा बढेको छ ।

२०७९/८० मा ६ सय ३३ तथा २०७८/७९ मा चार सय ९९ जनाले मात्र राजीनामा दिएका थिए । सुविधा कम तथा डिउटी धेरै हुने भएकाले तल्लो तहका धेरै प्रहरीले पेन्सन अवधि पुगेपछि राजीनामा दिने गरेका छन् ।

कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेका छन् । तल्लो तहका प्रहरीले १६ वर्षमै पेन्सनको सुविधा दिन माग गर्दै आएका छन् । पछिल्लो समयमा जागिर छाड्नेको लर्को नै देखिएको छ ।

हरेक सरकारले बोलीमा त्यसलाई सम्बोधन गर्ने बताएपनि कार्यान्वायनमा भने प्राथमिकता दिएका छैनन् । जबकी नेपाली सेनामा चार वर्षअघि नै यो प्रावधान कार्यान्वायन भइसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८१ श्रावण ८, मंगलवार ०५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP