मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असोज २५ देखि कात्तिक ९ सम्म देशभर सार्वजनिक सवारीका लागि रुट परमिट खुला

585
SHARES
असोज २५ देखि कात्तिक ९ सम्म देशभर सार्वजनिक सवारीका लागि रुट परमिट खुला

काठमाडौं । दशैँलाई लक्षित गर्दै सरकारले घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार सरोकारवाला निकायसँगको बैठकपछि यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार घटस्थापना अर्थात् २५ असोजदेखि पूर्णिमासम्म यात्रुको चापलाई ध्यानमा राख्दै सार्वजनिक सवारीसाधन सञ्चालन सहज बनाउन रुट परमिट खुला गरिएको हो । दशैँका बेला काठमाडौं उपत्यकासहित विभिन्न सहरबाट ठूलो संख्यामा यात्रुहरू आ–आफ्नो घर जाने भएकाले यातायात व्यवस्थापनलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि विभागले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै २३ असोजदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुले आफ्नो गन्तव्यअनुसार समयमै टिकट लिन सक्नेछन् ।

दशैँको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले यात्रुको सहज र सुरक्षित आवागमनका लागि यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई आवश्यक व्यवस्थापन गर्न विभागले आग्रह गरेको छ ।

यद्यपि, कुनै सडकको विशेष भौगोलिक वा प्राविधिक अवस्थाका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा निषेध गरिएको भए त्यस्ता सवारीमाथिको प्रतिबन्ध भने कायम रहने विभागले स्पष्ट पारेको छ ।

रुट परमिट खुला गरिए पनि सडकको अवस्था, सवारीसाधनको क्षमता तथा सम्बन्धित सडकमा लागू नियम पालना गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP