मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढीपीडितलाई होच्याउने भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा युवक पक्राउ

234
SHARES
बाढीपीडितलाई होच्याउने भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा युवक पक्राउ

काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित व्यक्तिहरूलाई लक्षित गरी अपमानजनक सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले भोटेकोशी बाढीपीडितसँगै विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानजनक अभिव्यक्ति समेटिएका भिडियो सामाजिक सञ्जालमा प्रसार गरेका थिए । विपत्तिका बेला पीडितप्रति संवेदनाहीन ढंगले खुसी व्यक्त गरेको देखिने सामग्रीसमेत उनले पोस्ट गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका मडैविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP