मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

338
SHARES
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ ।

मनसुनी प्रभावका कारण देशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । सुदूरपश्चिमको तराईमा पनि सामान्य बदली छ भने मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ४, बिहीबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP