मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ १० मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, सांसदलाई भदौ ५ सम्म प्रश्न बुझाउन आग्रह

598
SHARES
भदौ १० मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, सांसदलाई भदौ ५ सम्म प्रश्न बुझाउन आग्रह

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते सञ्चालन हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त कार्यक्रमको मिति निर्धारण गरिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित सार्वजनिक महत्त्वका विषयमा सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा बैठकको पहिलो एक घण्टा यसका लागि छुट्याउने उल्लेख गरेकाले सोही व्यवस्थाअनुसार भदौ १० गते प्रश्नोत्तर कार्यक्रम तय गरिएको सभामुखले बताए ।

सभामुखका अनुसार सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सांसदले प्रश्न राख्न पाउनेछन् । त्यसबाहेक दलहरूको प्रतिनिधित्वको अनुपातका आधारमा अधिकतम १५ वटा प्रश्न सम्म समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुन इच्छुक सांसदहरूले भदौ ५ गते शुक्रबार दिउँसो १ः०० बजेसम्म आफ्ना प्रश्न प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा बुझाउनुपर्नेछ । सभामुखले प्रश्नहरू छोटो, स्पष्ट र विषयकेन्द्रित बनाउन पनि आग्रह गरेका छन् ।

यसैबीच, सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई सदनमा उपस्थित भई सांसदहरूले उठाउने प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए । साथै, विपक्षी दलहरूले उठाएको सीमा सम्बन्धी विषयमा पनि प्रधानमन्त्रीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने रुलिङ गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था रहे पनि यसको प्रभावकारी कार्यान्वयनको माग प्रतिपक्षी दलहरूले लामो समयदेखि गर्दै आएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १, सोमबार १३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP