मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लामिछाने फेरि बने नेपाली क्रिकेट टोलीका कप्तान

117
SHARES
लामिछाने फेरि बने नेपाली क्रिकेट टोलीका कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रोहित पौडेललाई ओडीआई कप्तानबाट हटाउँदै लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको हो ।

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि सोमबार नेपाली टोली घोषणा गर्दै क्यानले लामिछानेको नेतृत्वमा टोली मैदानमा उतार्ने निर्णय गरेको हो । यससँगै पौडेलले ओडीआई र टी–२० दुवै फर्म्याटको कप्तानी गुमाएका छन् ।

क्यानले यसअघि नै टी–२० राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको छ । अब लामिछानेले ओडीआई टोली र दीपेन्द्रसिंह ऐरीले टी–२० टोलीको नेतृत्व गर्नेछन् ।

लामिछाने करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन् । नाबालिग बलात्कारसम्बन्धी आरोप लागेपछि उनलाई २०७९ सालमा कप्तानीबाट हटाइएको थियो भने राष्ट्रिय टोलीबाट समेत निलम्बन गरिएको थियो । पछि अदालतबाट सफाइ पाएपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए ।

क्यानले अहिले उनलाई पुनः नेतृत्वको जिम्मेवारी दिएसँगै लामिछानेको कप्तानीमा नेपाली क्रिकेट टोलीले नयाँ यात्राको सुरुवात गर्ने भएको छ । उनको नेतृत्वमा नेपालले आगामी एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।

एसीसी प्रिमियर कपका लागि घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन् ।

मलेसियामा हुने प्रतियोगिता भदौ १४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामार्फत नेपाली टोलीले एसियाली क्रिकेटमा आफ्नो प्रभाव कायम राख्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २५, सोमबार १३:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP