मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईपीएल २०२५: समूह चरण सकिँदा १२१७ छक्का, २१३८ चौका, कसले राखे कीर्तिमान?

2.3K
SHARES
आईपीएल २०२५: समूह चरण सकिँदा १२१७ छक्का, २१३८ चौका, कसले राखे कीर्तिमान?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को समूह चरण सकिएसँगै प्लेअफ समीकरण पनि तय भएको छ । पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) सँग भिड्नेछ भने इलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्स आमनेसामने हुनेछन् । समूह चरणका ७० खेलहरूमा ब्याट्सम्यानले कुल १२१७ छक्का२१३८ चौका हाने । व्यक्तिगत प्रदर्शनको हिसाबले पनि यस चरणमा धेरै नयाँ कीर्तिमान बनेका छन् ।

पुरणको विस्फोटक पारी

लखनउ सुपर जायन्ट्स समूह चरणबाटै बाहिरिए पनि उसका निकोलस पुरण भने सबैभन्दा धेरै ४० छक्का प्रहार गर्दै अग्रस्थानमा रहे । वेस्ट इन्डिजका यो ब्याट्सम्यानको आक्रामक शैलीले दर्शकहरूलाई रोमाञ्चित बनायो ।

रन बनाउनेमा सुदर्शन टप

गुजरात टाइटन्सका युवा स्टार साई सुदर्शनले ६७९ रन बनाउँदै सिजनका टप स्कोरर बने । कप्तान शुभमन गिलले ६४९ रनका साथ दोस्रो स्थान लिएका छन् भने मुम्बई इन्डियन्सका सूर्यकुमार यादव ६४० रनसहित तेस्रो स्थानमा छन् ।

विकेटमा नूरको चमक

चेन्नई सुपर किंग्स समूह चरणमै बाहिरिए पनि उसका बलर नूर अहमदले शानदार प्रदर्शन गर्दै २४ विकेट लिएर सबैभन्दा धेरै विकेट लिने खेलाडी बने। उनलाई पछ्याउने क्रममा गुजरातका प्रसिद्ध कृष्ण २३ विकेटसहित दोस्रो र मुम्बईका ट्रेन्ट बोल्ट १९ विकेटसहित तेस्रो स्थानमा छन् ।

शतक प्रहार गर्नेमा हैदरावाद अगाडि

सनराइजर्स हैदरावाद यस सिजन सबैभन्दा धेरै शतक प्रहार गर्ने टोली बन्यो । इशान किसन, अभिषेक शर्मा र हेनरिक क्लासेनले टोलीका लागि शतक प्रहार गरे । अन्य टिमका लागि मिचेल मार्श, ऋषभ पन्त, केएल राहुल, प्रियांश आर्य र साई सुदर्शनले शतक बनाएका छन् । समग्रमा ९ वटा शतक प्रहार भए समूह चरणमा ।

वैभव सूर्यवंशी : किशोर उमेरमै कीर्तिमानी यात्रा

राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशीले यो सिजन सबैभन्दा धेरै चर्चा बटुले । उनले डेब्यु खेलको पहिलो बलमै छक्का प्रहार गरे, जुन आईपीएल इतिहासमै दुर्लभ उपलब्धि हो । छोटो उमेरमै शतक बनाउने कीर्तिमान पनि उनीकै नाममा रह्यो । सात खेल खेलेका वैभवले २५२ रन बनाउँदै एक शतक र एक अर्धशतकसहित २४ छक्का र १८ चौका प्रहार गरे ।

कोहलीको निरन्तरता

आरसिबीका कप्तान विराट कोहलीले यस सिजन ८ पटक अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । एकै सिजनमा यति धेरै अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् । विशेष कुरा के छ भने, उनले अर्धशतक बनाएका सबै खेलमा आरसिबीले जित हात पारेको हो ।

यसरी आईपीएल २०२५ को समूह चरण उत्कृष्ट व्यक्तिगत प्रदर्शन, नयाँ कीर्तिमान र रोमाञ्चक खेलले भरिएको रह्यो । अब प्लेअफमा कुन टोलीले इतिहास रच्ने हो भन्ने कुराले थप उत्साह ल्याएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १४, बुधबार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP