मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन प्रहरीलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

1.3K
SHARES
जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन प्रहरीलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीलाई शुक्रबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनीहरूको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा सलामी अर्पण गरी अन्तिम संस्कार गरिएको हो ।

२४ भदौको घटनामा प्रदर्शन नियन्त्रण गर्ने क्रममा काठमाडौंमा तीन प्रहरीको मृत्यु भएको थियो । ड्युटीमा खटिएका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । हिरासत व्यवस्थापनमा खटिएका असई राय प्रदर्शनकारीको आक्रमणमा परे । उनलाई जोगाउने क्रममा जवान थापा पनि मारिएका थिए ।

सोही दिन कोटेश्वरमा प्रदर्शन नियन्त्रणका लागि खटिएका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीको आक्रमणमा परी ज्यान गुमाएका थिए ।

उनीहरुको बलिदानप्रति सम्मान व्यक्त गर्दै प्रहरी संगठनका वरिष्ठ अधिकृतहरूले अन्त्येष्टि कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपस्थित सुरक्षाकर्मीहरूले शोक सन्देश दिँदै तीनैजनालाई ‘कर्तव्यपालनका वीर’को रूपमा स्मरण गरेका थिए ।

स्थानीय बासिन्दाले पनि उनीहरूको योगदानप्रति सम्मान प्रकट गर्दै प्रहरीको बलिदानलाई नबिर्सनुपर्ने बताएका छन्।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP