मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

करिब १० घण्टापछि पूर्वप्रधानन्यायाधीश जबरा रिहा

624
SHARES
करिब १० घण्टापछि पूर्वप्रधानन्यायाधीश जबरा रिहा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको करिब १० घण्टापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रिहा गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरेका छन् । उनका अनुसार जबरालाई सुरक्षित स्थानतर्फ पठाइएको छ ।

कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जबरालाई उनका छोराको जिम्मा लगाइएको जानकारी दिए ।

यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति महाराजगन्जस्थित जबराको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो । तर कार्यालयले उनलाई पक्राउ गरिएको नभई भौतिक आक्रमण हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षाका लागि प्रहरीकहाँ ल्याइएको जनाएको थियो ।

जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ११, आईतवार ०९:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP