मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

429
SHARES
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (सोमबार) पनि मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यसैगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP