मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट

494
SHARES
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यससँगै एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो ।

पछिल्ला दिनमा सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको छ । गत बिहीबार प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य हाल झरेको हो । यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १४, बिहीबार ०६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP