मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी प्राविधिक समूहका १४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

364
SHARES
प्रहरी प्राविधिक समूहका १४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत कार्यरत १४ जना वरिष्ठ नायव निरीक्षक (सई) लाई इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका वरिष्ठ सईहरुको नामावली सार्वजनिक गर्दै बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

स्वास्थ्य उपसमूहको नर्सिङतर्फ गीता बाराकोटी र निर्मला महत बढुवा सिफारिसमा परेका छन् ।

यस्तै, इन्जिनियरिङ उपसमूहअन्तर्गत आवास तथा भौतिक शाखाबाट चूडामणि विष्ट र प्रविण मचामसी इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएका छन् ।

कम्प्युटर उपसमूहतर्फ कुन्दन कुमार झा, तीर्थराज खनाल र शान्ति शाक्यको नाम सिफारिस सूचीमा समावेश गरिएको छ ।

प्राविधिक समूहको सञ्चार शाखाबाट विजयकुमार शाह, हिरासिंह विष्ट, लिलाकुमार गोले तथा कुलबहादुर खड्का बढुवाका लागि सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी, विधिविज्ञान शाखाकी श्रद्धा लामा, केनाइन शाखाका कुमार मगर तथा संगीततर्फ कार्यरत गोपाल परियार पनि इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिस भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १४, बिहीबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP