मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी महिलासँग जोडिएको विवाद संसदमा, रास्वपाका सांसद कार्कीमाथि छानबिन माग

416
SHARES
विदेशी महिलासँग जोडिएको विवाद संसदमा, रास्वपाका सांसद कार्कीमाथि छानबिन माग

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको व्यक्तिगत विवादको विषयले प्रवेश पाएको छ । विपक्षी सांसदहरूले सामाजिक सञ्जालमा भाइरल बनेको घटनाबारे सरकार र सम्बन्धित सांसदबाट स्पष्ट जवाफ माग गरेका छन् ।

मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले एक नाइजेरियन महिलालाई प्रेम सम्बन्धमा पारेर गर्भवती बनाएपछि सम्पर्कविहीन भएको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ । उक्त विषयलाई लिएर संसदमा प्रश्न उठेपछि सदनको वातावरण केही समय तातिएको थियो ।

प्रतिनिधि सभा बैठकमा बोल्दै पार्वती विकले सत्तारुढ दलका सांसदसँग जोडिएको भनिएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिन् । उनले सामाजिक सञ्जालमा फैलिएको विषयले संसदको मर्यादा र जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठाएको भन्दै सरकार र सम्बन्धित पक्षले स्पष्ट धारणा ल्याउनुपर्ने बताइन् ।

त्यस्तै निनुकुमारी कर्णले विदेशी महिलालाई भावनात्मक रूपमा प्रयोग गरिएको आरोप सार्वजनिक भइरहेका बेला सदन मौन बस्न नहुने धारणा राखिन् । उनले महिलामाथि हुने व्यवहार र जनप्रतिनिधिको नैतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् ।

सांसद कर्णले “विदेशी महिलासँग यस्तो व्यवहार गर्ने व्यक्तिले आफ्नै देशका महिलालाई कस्तो सम्मान गर्लान् ?” भन्दै गम्भीर प्रश्न उठाएकी थिइन् । उनले घटनाबारे संसदलाई यथाशीघ्र जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराइन् ।

उक्त विषयमा हालसम्म सांसद कृष्णकुमार कार्की वा राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सामाजिक सञ्जालमा भने घटनाबारे विभिन्न दाबी र टिप्पणीहरू भइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP