मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी र स्थानीय वायुको प्रभावः केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना

364
SHARES
पश्चिमी र स्थानीय वायुको प्रभावः केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न क्षेत्रमा मौसममा बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मौसमको प्रभाव बढी देखिएको छ ।

आज दिनभर कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेश प्रदेशमा पनि आंशिक बदलीको सम्भावना रहेको छ । अन्य क्षेत्रहरूमा भने मौसम प्रायः सफा रहने बताइएको छ ।

महाशाखाका अनुसार आगामी केही घण्टामा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP