मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रम संस्कृति पार्टीमा सुदन किराती, साम्पाङले गरे स्वागत

1.2K
SHARES
श्रम संस्कृति पार्टीमा सुदन किराती, साम्पाङले गरे स्वागत

काठमाडौं । पूर्वपर्यटन मन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्षमण्डल सदस्य सुदन किराती औपचारिक रूपमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार काठमाडौंको बागबजारमा आयोजित कार्यक्रममा किरातीसहित उनका समर्थक समूह श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशसँगै किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । सहमतिअनुसार उनी पार्टीको दोस्रो वरीयतामा रहने गरी उपाध्यक्षको भूमिकासमेत सम्हाल्नेछन् । श्रम संस्कृति पार्टीले आगामी प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत किरातीलाई नेतृत्व तहमा भित्र्याएको बताइएको छ ।

पार्टी स्रोतका अनुसार किरातीले आगामी प्रदेश सभा निर्वाचनपछि कोशी प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्यसहित श्रम संस्कृति पार्टी रोजेका हुन् । लामो समयदेखि चलिरहेको राजनीतिक संवादपछि शुक्रबार हर्क साम्पाङ र किरातीबीच औपचारिक सहमति भएको हो ।

सहमति अनुसार किराती पक्षले पार्टीभित्र एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यको प्रतिनिधित्व पाउनेछन् । किरातीसँगै प्रवेश गरेका केही नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने तयारीसमेत भइरहेको जनाइएको छ ।

यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका किराती पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयासमा सक्रिय थिए । उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई खुलेर सहयोग गरेका थिए ।

किरातीको समर्थनपछि श्रम संस्कृति पार्टीले कोशी प्रदेशका केही क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको थियो । सुनसरी–१ बाट हर्कराज राई, भोजपुरबाट ध्रुवराज राई तथा खोटाङबाट आरेन राई निर्वाचित भएका थिए । पार्टीभित्र किरातीको आगमनले संगठन विस्तार र पूर्वी नेपालमा जनाधार मजबुत बनाउन थप ऊर्जा मिल्ने श्रम संस्कृति पार्टीका नेताहरूको दाबी छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २६, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP