मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट हुनुपर्छ: साम्पाङ

390
SHARES
संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट हुनुपर्छ: साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टी (श्रसपा) का अध्यक्ष हर्क साम्पाङले संघीय प्रणाली कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा साम्पाङले संघीयताको मर्मअनुसार अधिकार र निर्णय प्रक्रिया विकेन्द्रित हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले अहिलेको अवस्था यस्तो रहेको उल्लेख गर्दै अधिकांश विषयमा प्रधानमन्त्रीकै निर्णय कुर्नुपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे । “संघीयताको नाममा सबै कुरा केन्द्रमै सीमित राख्ने हो भने यसको अर्थ रहँदैन,” उनले भने ।

साम्पाङले विकास निर्माणका काममा कानुनी अवरोध प्रमुख चुनौती बनेको बताए । विभिन्न मन्त्रालयबीच समन्वयको अभावका कारण एउटाले थालेको काम अर्कोले रोक्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । उदाहरण दिँदै उनले सडक निर्माणमा भौतिक पूर्वाधार मन्त्रालय अघि बढ्दा वन मन्त्रालयले रोक्ने, खानेपानी आयोजनामा पनि यस्तै अवरोध देखिने गरेको बताए ।

उनका अनुसार यस्तो विरोधाभाष अन्त्य गर्न कानुनमा व्यापक संशोधन आवश्यक छ । “कानुनमै सुधार गर्न सकेनौं भने विकासका काम अघि बढाउनै सकिँदैन,” उनले स्पष्ट पारे ।

साथै, उनले सबै समुदाय र संस्कृतिको सम्मान गर्दै समावेशी विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अल्पसंख्यक समुदायको पहिचान र संस्कृतिलाई संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

साम्पाले संघीयता प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने र आवश्यक कानुनी तथा संरचनात्मक सुधारमा ढिलाइ नगर्न आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ६, आईतवार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP