मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ सरकारलाई नेकपाको बधाई, मन्त्रिपरिषद्को निर्णयप्रति चिन्ता

1.2K
SHARES
नयाँ सरकारलाई नेकपाको बधाई, मन्त्रिपरिषद्को निर्णयप्रति चिन्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा उनको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहुमत हासिल गरेपछि प्रधानमन्त्री बनेका शाहको सफल कार्यकालको कामना पार्टीले गरेको हो ।

शनिबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा नेकपाले नयाँ सरकारबाट जनताको अपेक्षा अनुसार काम हुने विश्वास व्यक्त गरेको छ । साथै, सरकारको प्रभावकारी र सफल सञ्चालनको शुभेच्छा पनि व्यक्त गरिएको छ ।

यद्यपि, बधाईसँगै पार्टीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गरिएको एक निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले चालेको कदममाथि पार्टीले प्रश्न उठाएको हो ।

केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले कुनै पनि निर्णय गर्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्मलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ । साथै, राजनीतिक पूर्वाग्रह वा द्वन्द्व निम्त्याउने कार्य नगर्न सरकारलाई सचेत गराइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगका सिफारिसअनुसार केही राजनीतिक नेतृत्वविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सो निर्णयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

यस घटनापछि एमालेले देशभर विरोध कार्यक्रम सुरु गरेको छ भने नेकपाले कसैको नाम नलिई समग्र परिस्थितिप्रति आफ्नो चासो र चिन्ता व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १४, शनिबार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP