मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

806
SHARES
नेपाल आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. १५ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु. १५ वृद्धि गरिएको छ । यो नयाँ दर २०८२ चैत १२ गते बिहानदेखि लागू हुने निगमले जनाएको छ ।

निगमका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि सोअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसक्दा घाटा बढ्दै गएको छ । भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको जनाइएको छ ।

नयाँ खुद्रा मूल्यसूचीअनुसार देशभरका विभिन्न वर्गमा पेट्रोल र डिजेलको मूल्य फरक–फरक निर्धारण गरिएको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न पनि आग्रह गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्काल मूल्य घटाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ११, बुधबार १६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP