मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक

1.6K
SHARES
समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित ११० जना सांसदको नामावली सार्वजनिक गरेको छ । राजनीतिक दलहरूले पठाएको सिफारिसका आधारमा आयोगले उनीहरूलाई औपचारिक रूपमा निर्वाचित घोषणा गरेको जनाएको छ ।

सार्वजनिक गरिएको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ५७ जना सांसद समानुपातिक प्रणालीमार्फत संसद् पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट २० जना र नेकपा एमालेबाट १६ जना सांसद निर्वाचित भएका छन् ।

यसैगरी नेकपाबाट ८ जना सांसद समानुपातिकतर्फबाट चयन भएका छन् । पाचौँ र छैटौँ दलका रूपमा रहेका श्रम संस्कृति पार्टीका तर्फबाट भने ४–४ जना सांसद निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दलहरूले पठाएको नामावलीलाई कानुनी प्रक्रिया पूरा गर्दै अनुमोदन गरेपछि सम्बन्धित उम्मेदवारहरूलाई समानुपातिकतर्फ निर्वाचित भएको घोषणा गरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३, मंगलवार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP