मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंबाट पोल्थली जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

1K
SHARES
काठमाडौंबाट पोल्थली जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको खिजीदेम्बा वडा नंं. २ को पोल्थली रगनीतर्फ जाँदै गरेको बस सेलेघाटमा दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अरनिको यातायातको बा.५ ख ९९७५ नम्बरको बस खुर्कोटबाट करिब तीन किलोमिटर अगाडि मन्थलीतर्फको सडक खण्ड अन्तर्गत लिलौती पहराबाट तामाकोसी नदीमा खसेको हो । दुर्घटना मन्थली नगरपालिका क्षेत्रभित्र भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीका अनुसार बस पहराबाट खसेर नदीमा डुबेको अवस्थामा भेटिएको छ । हालसम्म ६ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ भने घटनास्थलबाट चार जनाको शव फेला परेको उनले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार बसमा १३ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनापछि केही यात्रु पौडिएर बाहिर निस्कन सफल भएका छन् । यद्यपि बससँगै नदीमा कति यात्रु डुबेका छन् भन्ने यकिन भइसकेको छैन ।

प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ । केही घाइतेलाई डुंगाको सहायताबाट नदीबाट निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP