मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ २३–२४ को आन्दोलनपछि कांग्रेस रूपान्तरण भएको छ : सभापति थापा

1.9K
SHARES
भदौ २३–२४ को आन्दोलनपछि कांग्रेस रूपान्तरण भएको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ मा भएको आन्दोलनबाट पाठ सिकेर सच्चिएको एक मात्र पार्टी कांग्रेस भएको दाबी गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलनपछि कांग्रेस आत्मसमीक्षा गर्दै अघि बढेको र अब देश परिवर्तन गर्ने अभियानमा केन्द्रित भएको बताए ।

सभापति थापाका अनुसार माघ १ गते सम्पन्न अधिवेशनपछि कांग्रेस अहिले सबैभन्दा नयाँ सोच र दृष्टिकोण बोकेको पार्टीका रूपमा उभिएको छ । उनले पार्टीभित्र आएको परिवर्तनको सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै, विगतमा कांग्रेसलाई मत दिएका २७ लाख मतदातामाझ पुगेर उनीहरूको भावना र यथार्थ बुझ्न आवश्यक रहेको बताए ।

अधिवेशनपछि पार्टीभित्र कुनै पक्ष–विपक्ष नरहेको उल्लेख गर्दै सभापति थापाले एकताबद्ध भएर आगामी निर्वाचनमा लाग्नुपर्ने बताए । देशमा मौलाउँदै गएको भागवण्डा र भ्रष्टाचारविरुद्ध कांग्रेस सशक्त रूपमा अघि बढ्ने उनको भनाइ थियो । साथै उनले ‘नयाँ कांग्रेस’को सन्देश सामाजिक सञ्जालमार्फत पनि व्यापक रूपमा फैलाउन आग्रह गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले नीति र नेतृत्व दुवै नागरिकको अपेक्षा अनुसार परिमार्जन भएकाले पार्टीले जनविश्वास जित्ने विश्वास व्यक्त गरे । जन्मका हिसाबले पुरानो भए पनि विचार र सिद्धान्तका आधारमा कांग्रेसभन्दा नयाँ पार्टी अरु हुन नसक्ने उनले बताए ।

महामन्त्री पौडेलले कसैको विचार आयात गरेर जबर्जस्ती राजनीति नगरेको स्पष्ट पार्दै, अरूलाई गाली गरेर होइन, स्पष्ट दृष्टिकोण र एजेण्डाका आधारमा आफूलाई सक्षम प्रमाणित गर्न सकिने धारणा व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार १३:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP