मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिका–इरान तनावः नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

676
SHARES
अमेरिका–इरान तनावः नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावका कारण नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै हालको अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणको योजना स्थगित गर्न सल्लाह दिएको हो ।

मन्त्रालयले पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै इरान जान तयारी गरिरहेका नेपालीलाई यात्रा रोक्न आग्रह गरेको छ । साथै, त्यहाँ रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म छिटो सुरक्षित स्थानतर्फ जान वा इरान छोड्न अनुरोध गरिएको छ ।

परराष्ट्रले इरानमा रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजातहरू सधैं सजिलै भेटिने सुरक्षित स्थानमा राख्न पनि सचेत गराएको छ । आपत्कालीन समन्वयका लागि नेपालस्थित तथा कतारस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन भनिएको छ ।

हाल इरानमा कति नेपाली नागरिक छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १८, आईतवार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP