मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्घटनामा उदीयमान क्रिकेटर मिनेश थापाको निधन

2.6K
SHARES
दुर्घटनामा उदीयमान क्रिकेटर मिनेश थापाको निधन

काठमान्डु । कोशी प्रदेशका उदीयमान क्रिकेटर मिनेश थापाको दुर्घटनामा परी निधन भएको छ । थापा गएराति करिब १ बजेतिर मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

यस दुःखद घटनाप्रति नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गहिरो शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै कोशी प्रदेशले एक कुशल तथा सम्भावनाशील क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् ।

सचिव खड्काले यो खबरले आफूलाई स्तब्ध बनाएको जनाउँदै दिवंगत थापाको आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १०, बिहीबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP