मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको सुरक्षामा पूर्वलडाकु समेटिएको वाईसीएल टोली परिचालन

2.3K
SHARES
प्रचण्डको सुरक्षामा पूर्वलडाकु समेटिएको वाईसीएल टोली परिचालन

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु पृष्ठभूमिका वाईसीएल कार्यकर्ता खटिएका छन् ।

सरकारले प्रचण्डको सुरक्षाका लागि तोकिएका सरकारी अंगका सुरक्षाकर्मी फिर्ता लिएपछि वैकल्पिक रूपमा वाईसीएलको टोली तैनाथ गरिएको हो ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले प्रचण्डलाई सुरक्षा जोखिम देखिएको भन्दै आवश्यकता अनुसारको संख्यामा वाईसीएल कार्यकर्ता सुरक्षामा परिचालन गरिएको पुष्टि गरे । उनले भने, “पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं ।”

स्रोतका अनुसार प्रचण्डको सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएका छन् । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् । बाहिरी घेरामा फिल्डमा खटिने वाईसीएल कार्यकर्ता छन् । तेस्रो तहमा गोप्य सूचना सङ्कलनका लागि ‘इन्टेलिजेन्स’ प्रकारको टोली परिचालन गरिएको छ ।

प्रचण्डको यात्रा वा स्कर्टिङ आवश्यक परे केन्द्र र सम्बन्धित जिल्लाबाट वाईसीएलको विशेष टोली खटाइने व्यवस्था मिलाइएको स्रोतले बतायो । सुरक्षामा संलग्न जनशक्तिको संख्या परिस्थितिअनुसार बढ्ने वा घट्नेगरी प्रणाली तयार गरिएको छ ।

१० वर्षदेखि सरकारविरुद्ध सशस्त्र द्वन्द्व सञ्चालन गरेर शान्ति प्रक्रियामा प्रवेश गरेपछि माओवादीले पूर्वलडाकुहरूलाई समेत समेटेर युवा संगठनका रूपमा वाईसीएल गठन गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP