मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः केही पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना

2.3K
SHARES
मौसम पूर्वानुमानः केही पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेकाले व्यापक वर्षा नदेखिए पनि विभिन्न भू(भागमा स्थानीय वायूको प्रभावले गर्दा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ । जल मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसोदेखि रातिसम्म विभिन्न पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, अन्य प्रदेशका पहाडी भू(भागमा थोरै स्थानहरूमा तथा तराईका एक(दुई स्थानहरूमा पनि वर्षा हुनसक्ने जनाइएको छ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा भारी वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदलीको अवस्था रहनेछ । गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा, साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्नेछ ।

सार्वजनिक तथा निजी यातायात, बाढी सम्भावित क्षेत्र, पहिरोको जोखिम रहेका भू(भागमा विशेष सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP